डुबर्स डे उत्सव मनाउन सकिने कार्यक्रमहरू
डुबर्स डे उत्सव मनाउन सकिने कार्यक्रमहरू
1. प्रकाश उत्सव – स्थानीय मानिसहरूलाई अनुरोध गरिनेछ कि उनीहरू १४ जनवरी २०२५ (मंगलवार) साँझ ६ बजेदेखि राति ८ बजेसम्म आफ्ना घर, कार्यालय, क्लब, मन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, बौद्ध मन्दिर र अन्य संस्थानहरूलाई म:मबत्ति, तेलदीप, दीपक वा बिजुलीको लाइटको मद्दतले उज्यालो पार्ने व्यवस्था गर्न।
2. राखी बन्धन – विभिन्न समुदाय र धर्मका मानिसहरू बीच राखी बन्धन उत्सव मनाउन। बङ्गभङ्ग विरोधी आन्दोलनको क्रममा रवीन्द्रनाथ ठाकुरले राखी बन्धन उत्सवको आयोजना गरेका थिए। कविका त्यो उदाहरणलाई पछ्याउँदै हामी मानिसहरू बीचको मेलमिलापलाई अझ बलियो बनाउन चाहन्छौं।
3. राष्ट्रिय झण्डा फहराउने – १४ जनवरी २०२५ (मंगलवार) बिहान ११ बजे डुबर्स क्षेत्रमा भारतको राष्ट्रिय झण्डा फहराइनेछ।
4. विकास विषयक छलफल सभा – तपाईंको क्षेत्रका स्वास्थ्य, शिक्षा, यातायात, कृषि व्यवस्थाको सुधारका लागि के के कदम चाल्न सकिन्छ भन्ने बारे छलफल गर्नको लागि सभा आयोजना गर्ने।
5. डुबर्स सचेतना पदयात्रा – प्लेकार्ड, ब्यानर र पोस्टरहरू सहित स्थानीय स्तरमा पदयात्रा गर्ने। यसमा “डुबर्स को वन्यजन्तु र वन संरक्षण गर्नेछौं” जस्ता नारा लेखिएका हुन सक्छन्।
6. खेलकुद प्रतियोगिता – महिलाहरूको लागि लूडो प्रतियोगिता, केटाहरूको लागि क्यारम प्रतियोगिता, एकदिने फुटबल प्रतियोगिता र विभिन्न धर्म र समुदायका मानिसहरूको बीच प्रदर्शनी फुटबल वा क्रिकेट खेल।
7. चित्रकला प्रतियोगिता – डुबर्स को वन, प्रकृति र लोकसंस्कृतिका बारेमा चित्रकला प्रतियोगिता। चित्रकला प्रतियोगितामा विद्यालयका कक्षाको आधारमा विभिन्न समूहमा बाँड्न सकिन्छ।
8. संस्कृतिक पोशाक प्रतियोगिता – प्रतियोगीहरूले विभिन्न भाषिक वा धार्मिक संस्कृतिका पोशाकमा सजिनु पर्ने प्रतियोगिता।
तपाईंको क्षेत्रमा के के कार्यक्रमहरू
आयोजना गरिनेछन् र ती कस्ता प्रकारले गरिनेछन्, यो स्थानीय स्तरमा तपाईंले निर्णय गर्नुपर्ने छ, र सो निर्णय नै अन्तिम मानिनेछ। यो
केवल एक मार्गदर्शन हो, तर हामी चाहन्छौं
कि डुबर्सका विभिन्न स्थानहरूमा भएका कार्यक्रमहरू बीच एक आधारभूत समानता होस्। यसै
सोचका साथ यो मार्गदर्शन तयार गरिएको हो।
डुबर्स डे उत्सवका लागि हामीले गर्ने कामहरू
1. प्रत्येक ब्लक स्तरमा एक बैठक आयोजना गरेर ‘डुबर्स डे’ उत्सव समिति गठन गर्नुपर्ने छ। यस बैठकमा विभिन्न भाषाभाषी र विभिन्न समुदायका मानिसहरूको सहभागिता सुनिश्चित गर्न विशेष ध्यान दिनु आवश्यक छ।
डुबर्स क्षेत्र ओदालाबारीदेखि कुमारग्राम, अर्थात् तीस्ता नदीदेखि संकोश क्षेत्रसम्म
तीन जिल्ला छन्: कालिम्पोंग, जलपाईगुड़ी र
अलीपुरदुआर। यी क्षेत्रमा रहेका ब्लकहरू हुन्:
- कालिम्पोंग जिल्ला : गोरोबाथान
- जलपाईगुड़ी जिल्ला : मयनागुड़ी, धुपगुड़ी, माल, मेटियाली, नागराकाटा र क्रान्ति
- अलीपुरदुआर जिल्ला : वीरपारा, अलीपुरदुआर-१, अलीपुरदुआर-२, फालाकाटा, कालचिनी र कुमारग्राम
2. एक बैठक बोलाइनेछ जसमा मुख्य आयोजकको रूपमा समष्टि विकास अधिकारी (BDO) हुनेछन्। यस बैठकमा पंचायत प्रमुख, पंचायत सदस्य, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सचिव र अध्यक्ष, स्थानिय प्रहरी अधिकृत, स्थानिय क्लबका सचिव र अध्यक्ष, स्थानिय चिकित्सक, स्थानिय व्यापारी संघका सचिव र अध्यक्ष, स्व-सहायता समूह, पत्रकार र अन्य प्रमुख व्यक्तिहरूलाई आमन्त्रित गर्नुपर्नेछ।
3. समिति गठन गर्दा यसमा विभिन्न भाषाभाषी र धर्मका मानिसहरूको प्रतिनिधित्व हुनु आवश्यक छ भन्ने कुरा ध्यानमा राख्नुपर्नेछ।
4. डुबर्स डे उत्सव समितिमा ब्लक स्तरमा समष्टि विकास अधिकारी (BDO) अध्यक्ष हुनेछन्, एक कार्यकारी अध्यक्ष, एक सामान्य सचिव, तीन सह सचिव, एक कोषाध्यक्ष र सात वा ग्यारह कार्यकारी सदस्य (एक्जीक्युटिभ सदस्य) हुनेछन्। यसबाहेक धेरै सामान्य सदस्य र सल्लाहकार सदस्य पनि हुन सक्छन्।
5. प्रत्येक ब्लक स्तरमा गठन भएको समितिका दुई-दुई प्रतिनिधि लिएर डुबर्स केन्द्रित मुख्य केन्द्रीय समिति गठन गरिनेछ। यस समितिको काम विभिन्न क्षेत्रका कार्यक्रमहरू बीच समन्वय गर्नु र कार्यक्रमहरूको सफलताका लागि सबै क्षेत्रका मानिसहरूलाई पूर्ण रूपमा सहयोग गर्नु हुनेछ।
6. स्थानीय स्तरमा समिति गठनको काम ३० नोभेम्बर २०२४ भित्र पूरा
गर्नुपर्ने छ। केन्द्रीय समिति डिसेम्बरको पहिलो हप्तासम्म गठन गरिने योजना छ। स्थानीय
स्तरमा समिति गठन गर्दा तपाईंहरूले जुन निर्णय गर्नुहुन्छ, त्यही अन्तिम मानिनेछ।
No comments